बृहत् जलाधार व्यवस्थापन केन्द्रको सेवा तथा काम कर्तव्य र अधिकार निम्नानुसार रहेका छन्
- संघिय आयोजना परिआयोजनाहरुको नेतृत्व प्रदान गर्ने र अन्य आयोजना परियोजनाहरुलाई आवश्यक सहयोग ,समन्वय, तथा व्यवस्थापन गर्ने ।
- भू तथा जलाधार संरक्षण सम्वन्धी प्रविधि विकास, प्रदर्शन एवं प्रचार प्रसार कार्य गर्ने र भू तथा जलाधार व्यवस्थापन कार्यालयहरुमा आवश्यकतानुसार प्रविधि हस्तान्तरण सहयोग एवं समन्वय गर्ने
- संवेदनशील तथा राष्ट्रिय महत्वका जलाधार व्यवस्थापन सम्बन्धी आबश्यक ज्ञान, सीप, प्रविधि तथ नीति तर्जुमाका लागि आवश्यक सूचना तथ्यांक तीनवटै तहका सरकारलाई उपलब्ध गराउने
- संघीय नीति, ऐन, कानून, निर्देशिकाहरुको कार्यान्वयन तथा नियमन गर्ने
- आकस्मिक बाढी पहिरो भूस्खलन जस्ता प्राकृतिक प्रकोपहरुको असरलाई न्यूनीकरण गरी व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारसंग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न गराउन सहयोग गर्ने
- बृहत् जलाधार स्तरीय आयोजना, परियोजनाहरु निर्माण गर्न संघीय सरकारलाई सहयोग गर्ने
- बृहत् जलाधार क्षेत्र अन्तर्गत जलाधार उपजलधारहरुको तथ्यांक तथा सूचना (एटलस तयार गरी) सम्बन्धित संघिय विभागबाट स्वीकृत गराउने र जलाधार उपजलधार आधारमा कार्यक्रम सञ्चालन समेत गर्ने गराउने
- यस केन्द्रसंग सम्बन्धित अन्य संघ संस्थाहरुसंग समन्वय र सहकार्य गर्ने
- संघीय कार्यालयले तोकेका अन्य कार्यहरु र प्रदेश स्थानीय तहबाट माग भै आएका विषयहरुमा पनि सहयोग गर्ने
- बृहत् जलाधार क्षेत्र अन्तर्गत रहेका ठूला स्तरका जोखिमयुक्त पहिरो, बस्तीहरु पहिचान
गर्ने, योजना तर्जुमा गर्ने र कार्यान्वयन गर्ने
- जलवायु परिवर्तनका कारण जलाधारीय श्रोतहरु (जल, जमिन, जंगल, जनावर, जनता) मा परेको असरलाई सम्बोधन गर्न जलवायु अनुकूलन परिवर्तन अनुकूलन समानुकूलनका कार्यक्रहरु सञ्चान गर्ने, गराउने
- उपल्लो तटीय तथा तल्लो तटीय जलाधारक्षेत्र सम्बन्ध , व्यवस्थापन, उपयोग र महत्व प्रदर्शन स्थल निर्माण